एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र सुबिसुबीच साझेदारी


काठमाडौँ । आसन्न नेपाल प्रिमियर लिग सिजनका लागि विराटनगर किंग्सले इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा सुबिसुलाई नियुक्त गरेको छ । नेपालको एक भरपर्दो इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी सुबिसुले टोलीलाई विश्वसनीय कनेक्टिभिटी र प्रविधिक सहयोग प्रदान गरेको हो ।

यस साझेदारी मार्फत बिराटनगर किंग्सले सम्पूर्ण प्रतियोगिता भरी समर्थकहरूको डिजिटल अनुभवलाई अझ राम्रो बनाउने लक्ष्य राखेको छ। सुबिसुको उपस्थितिले अनलाइन अपडेट, डिजिटल स्टोरीटेलिङ, म्याच कभरेज र विभिन्न प्लेटफर्ममा हुने फ्यान इन्टर्याक्सनलाई छिटो, सहज र निरन्तर बनाउनेछ।

यो साझेदारीले आधुनिक खेलकुदमा डिजिटल कनेक्सनको बढ्दो भूमिकालाई प्रकाश पार्ने विश्वास लिइएको छ । सुबिसुको सहयोग मार्फत् बिराटनगर किंग्सले अब घरबाट हेर्ने हुन् वा सामाजिक सञ्जाल र लाइभ डिजिटल कन्टेन्टबाट जोडिने हुन्, आफ्ना सबैखाले समर्थकका लागि अझ इन्टरएक्टिभ, जानकारीमुलक र रमाइलो अनुभव तयार गर्नेछ।

विराटनगर किंग्स सुबिसुसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छ, र दुबै पक्ष यस साझेदारी सफल हुनेमा आशावादी छन्। दुबै पक्ष प्रशंसकहरूलाई टोलीसँग अझ नजिक ल्याउने एवम् अझै कनेक्टेड र यादगार एनपीएल सिजन प्रस्तुत गर्ने संयुक्त लक्ष्यमा अघि बढेका छन्।

 

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।