काठमाडौं । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ ।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा निकायतर्फ सबैभन्दा बढी आयकर तिरेबापत प्राधिकरणलाई सम्मान गरेको हो ।
एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो भने वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् ।
निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि/पशुजन्यतर्फ पोषक ब्रिडर सम्मानित भएका छन् ।
बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित हुँदा स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटनतर्फ सोल्टी होटल सम्मानित भएका छन् ।
वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।
सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा व्यवसायी राजबहादुर शाह सम्मानित भएका छन् । व्यक्तिगत आयकरमा शाह र समयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् ।
५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रुपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका छन् ।












प्रतिक्रिया