सीजी डिजिटलको बुटवलमा २१औँ शोरूम उद्घाटन


बुटवल । नेपालको प्रमुख इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको आधुनिक शोरूम ‘सीजी डिजिटल’ आदर्शनगर, पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले देशभर एक्काइस वटा शोरूम सञ्चालनमा ल्याइसकेको छ।

अत्याधुनिक रिटेल मोडेलमा आधारित यस स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मेडिया, गोदरेज, क्रम्पटन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक–एण्ड–डेकर, मोटोरोल्ला, नथिङ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका होम तथा किचन उपकरण, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण तथा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्सका विस्तृत उत्पादनहरू एकै छानामुनि पाउने विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवाको आवश्यकता तथा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै, उच्चस्तरीय उत्पाद, छरितो ग्राहक–सपोर्ट प्रणाली तथा प्राविधिक रूपमा सुदृढ र व्यवस्थित रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय तहका अधिकारी, ग्राहक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो। सीजी डिजिटलले आगामी दिनमा ग्राहक अनुभवलाई अझ मजबुत बनाउने, डिजिटल सेवाको पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरका ब्रान्ड उत्पादनसहित आधुनिक रिटेल अनुभवलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले बदलिँदो डिजिटल बजार प्रवृत्ति, ग्राहकको बदलिँदो रुचि तथा उदयोन्मुख प्रविधिलाई प्राथमिकता दिँदै समावेशी, पारदर्शी तथा ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर अग्रसर रहने जनाएको छ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।