ग्रीनेदी इनर्जी लिमिटेडको शेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त


काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मंसिर १ गते सोमबार सम्पन्न भयो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो । कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत बैशाख ८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो ।

साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो ।

ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष युरेश मान कायस्थले दिए।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।