काठमाडौँ । डिशहोम मिडिया नेटवर्कले नेपाल प्रिमियर लिग (एनपिएल) डिशहोम गो एपमार्फत एक्सक्लुसिभ लाइभ स्टिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरेको छ ।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल अब उक्त एपमार्फत हेर्न सकिने भएको हो ।
यसरी हेनुस्
१. सबैभन्दा पहिले गुगल प्ले स्टोर वा एप्पल आइओएस स्टोरमा गएर डिशहोम गो एप डाउनलोड गर्नस् । यदि तपाईंले ठूलो स्क्रिनमा हेर्न चाहनुहुन्छ भने वेब ब्राउजर वा एन्ड्रोइड टिभी पनि प्रयोग गर्न सकिन्छ।
२. एप खुलेपछि अन्त्यतिर रहेको कन्टिन्यु भन्ने बटनमा ट्याप गर्नुहोस् र नोटिफिकेसन पठाउने अनुमति दिने÷नदिने मध्ये कुनै एक विकल्प छान्नुहोस्।
३. अब एपको होम पेज बाट तल दायाँ कुनामा रहेको ‘मोर’ अप्सनमा ट्याप गर्नुहोस् र त्यहाँ देखिने ‘लग–इन’ वा ‘सस्क्राइब’ मध्ये कुनै एक बटन छान्नुहोस्।
४. यदि तपाईंले ‘लग–इन’ रोज्नुभयो भने—मोबाइल नम्बर, इमेल, फेसबुक वा इमेलबाट प्रवेश गर्ने विकल्प देखिनेछ। आफूलाई सजिलो हुने विकल्प छानेर अघि बढ्न सक्नुहुन्छ।
५. लग–इन गरिसकेपछि फेरि पहिलेको ‘मोर’ बटनमा ट्याप गर्नुहोस् र त्यसपछिको ‘सस्क्राइभ’ को बटम दबाउनुहोस् ।
६. अब तपाईंको लोकेसन अनुसारको एनपीएल सिजन पास देखिनेछ। त्यहाँ रहेको विकल्प छान्नुहोस् र खल्ती, इसेवा, वा भिसा÷मास्टरकार्ड मध्ये मनपर्ने भुक्तानी माध्यम प्रयोग गरेर अन्त्यमा रहेको भुक्तानी पुष्टि गर्नुहोस् ।












प्रतिक्रिया