काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१०.४९ अमेरिकी डलर र चाँदी ४९.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया