एक वर्षमा ७१ अर्ब रुपैयाँका नोट निष्काशन, ७ खर्ब ६१ अर्ब बराबरका नोट चलनचल्तीमा


काठमाडौँ । एक वर्षको अवधिमा ७१ अर्ब रुपैयाँका नोट निष्काशन भएको छ । नेपाल राष्ट बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा विभिन्न दरका गरी ६९०.१५ अर्ब बराबरका नोटहरू चलनचल्तीमा रहेकोमा २०८२ असार मसान्तसम्ममा १०.३३ प्रतिशतले वृद्धि भई ७६१.४१ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेको छ ।

२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरू एवम् सर्वसाधारणले बैंकमा जम्मा गर्न/सट्टाभर्ना लिन ल्याएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका ७ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ बराबरका नोट धुल्याउने कार्य गरिएको छ ।

२०८२ असार मसान्तमा विभिन्न दरका ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबरको नयाँ नोट स्टक मौज्दात रहेको छ । अघिल्लो वर्ष यस्तो मौज्दात १ खर्ब ४५ अर्ब ७ करोड ४ लाख ९९ हजार रहेको थियो ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।