काठमाडौँ । लगातार बढेको सेयर बजार परिसुचकमा करेक्सन आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ अंकमा पुगेको छ ।
कारोबारमा आएका ३३८ कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार ५० हजार ६२६ पटकको कारोबारमा ८३ लाख ८८ हजार ३७३ कित्ता सेयरहरु ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ पुगेको थियो । सोमबार नेप्से ९.७८ अंकले बढेर २५५०.३६ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार होटल तथा पर्यटन समूह ७५.५९ अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह ३१.२९ अंकले र व्यापार समूह १२.३१ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ । जीवन बीमा समूह ६८.८८ अंकले घट्दा निर्जीवन बीमा समूह ६१.३२ अंकले घटेको छ । विकास बैंक समूह ५८.८५ अंकले घट्दा अन्य समूह ७.६३ अंकले, जलविद्युत समूह ४.७५ अंकले, लघुवित्त समूह ३.१८ अंकले र वाणिज्य बैंक समूह १.९६ अंकले घटेको छ ।
माबिलुङ इनर्जी र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, हिमस्टार ऊर्जा र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यता, कर्पाेरेट विकास बैंकको सेयर मूल्य ६.०३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा २७ करोड ४० लाख ४४ हजार रुपैयाँको कारोबार सहित बरुण हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि बरुण हाइड्रो ७ लाख ८१ हजार ८४० इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा ३ हजार २७३ पटकको किनबेच सहित दरमखोला हाइड्रो इनर्जी शीर्षस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब १२ करोड ४ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४३ खर्ब ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया