क्रम्प्टनको दशैं–तिहारको ठूलो हर्षका भाग्यशाली लकी ड्र विजेता घोषणा


काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टन दशैं(तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत भाग्यशाली लकी ड्र को विजेताको घोषणा गरेको छ। यस लकी ड्र अन्तर्गत क्रम्प्टन मिक्सर ग्राइन्डर जितेका कृष्ण मल्ललाई सीजी इलेक्ट्रोनिक्स र क्रम्प्टनले बधाई व्यक्त गरेको छ।

क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्राण्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्वस्तरीय ब्राण्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।