काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०७२.१४ अमेरिकी डलर र चाँदी ५१.२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया