काठमाडौँ । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँसम्मको सर्वाधिक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक सुविधाको लाभ उठाउन सकिन्छ। साथै, पहिलो ४०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।
यो योजना सिमित अवधिको लागि मात्र उपलब्ध रहेको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।










प्रतिक्रिया