डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौता

अशोक स्टिलले बुझायो दोस्रो किस्ताको ६३ लाख


काठमाडौँ । अशोक स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको अतिरिक्त बक्यौताको दोस्रो किस्ता तिरेको छ । अशोकले दोस्रो किस्ताबापत ६३ लाख रुपैयाँ तिरेका हो । १७ करोड ५८ लाख रुपैयाँ अतिरिक्त बक्यौता रहेको स्टिलले दोस्रो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम बक्यौता २८ किस्ताको सुविधा दिएको छ । प्राधिकरणले यसअघि ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरिसकेको छ ।

३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यसअघि बिल माग्दै आएका उद्योगीले पटक(पटक लाइन काटिएर हैरान भएको भन्दै किस्ता तिर्न थालेका छन् ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।