काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीमा रहेको आफ्नो स्वामित्वको कुल १६ लाख ७७ हजार १६ कित्ता संस्थापक तथा साधारण सेयर बिक्री गर्ने निर्णय गरेको छ । यही मंसिर ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकबाट उक्त सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।
कम्पनीले कुमारी बैंकको पाँच लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तको एक लाख सात हजार ४८४, नेरुडे मिर्मिरे लुघिवत्तको ७४ हजार १०६ कित्ता बिक्री गर्न लागेको हो ।
यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण र संस्थापक सेयर गरी एक लाख ६ हजार ४२४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँच लाख ९४ हजार, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ४० हजार एक, नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडको दुई लाख २५ हजार र नेसनल लाइफ इन्स्योरेन्सको (साधारण सेयर) एक कित्ता बिक्री गरिनेछ । सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ ।










प्रतिक्रिया