क्रम्प्टनको दसैँ–तिहारको ठूलो हर्षका भाग्यशाली लक्की ड्र विजेता घोषणा


काठमाडौँ। सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टन दसैँ–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत भाग्यशाली लक्की ड्रको विजेताको घोषणा गरेको छ।

यस लक्की ड्र अन्तर्गत क्रम्प्टन मिक्सर ग्राइन्डर जितेका कृष्ण मल्ललाई सीजी इलेकट्रोनिक्स र क्रम्प्टनको तर्फबाट बधाई दिएको छ।
क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्रान्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ।

सीजी इलेकट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो। यसले विश्व स्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।