नेशनल फण्ड म्यानेजमेन्टले आइपिओ निष्काशन गर्ने

बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियूक्त


काठमाडौँ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २१ लाख ६ हजार कित्ताले हुन आउने २१ करोड ६ लाख रुपैयाँ बराबरको २० प्रतिशत साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे कम्पनीले जनाएको छ ।

उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आज लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा साधारण शेयर निष्काशन गरिने सम्झौता गरेको हो ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।