काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आयोजित विशेष समारोहमार्फत ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ का ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। ड्राइभर पार्टनरहरूको प्रतिबद्धता र उत्कृष्ट सेवाको सम्मानस्वरूप सुरु गरिएको उक्त अभियानमा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ।
क्याम्पेन तीन सातासम्म सञ्चालन गरियो, जसअन्तर्गत साप्ताहिक च्यालेन्ज, आकर्षक पुरस्कार तथा दुईवटा मेगा ग्रान्ड पुरस्कारमार्फत इनड्राइभका उत्कृष्ट ड्राइभर पार्टनर्सलाई छनोट गरिएको थियो। विजेताहरूको नाम नोभेम्बर ७ मा इनड्राइभ नेपालको अधिकृत टिकटक च्यानलमार्फत प्रत्यक्ष लक्की ड्र मार्फत घोषणा गरिएको हो।
ग्रान्ड प्राइज विजेतामा क्याब ड्राइभर श्रेणीबाट हरि पाण्डे चयन भए, जसले टाटा एक्सप्रेस–टि इभी जिते। त्यस्तै बाइक (मोटो) राइडर श्रेणीबाट आकाश तामाङले टिभिएस रेडर मोटरसाइकल पुरस्कार प्राप्त गरे। दुबै विजेताहरू तीनै च्यालेन्ज साता भरि प्लेटिनम स्थिति कायम राख्ने तथा सबै योग्यता मापदण्ड पूरा गर्नेमध्येबाट छनोट भएका थिए।
क्याम्पेनले साप्ताहिक रूपमा अन्य ड्राइभर पार्टनर्सलाई समेत पुरस्कार प्रदान गर्यो। जसअन्तर्गत वनप्लस नर्ड सीइ४ लाइट फाइचजी स्मार्टफोन १५ जना, अल्टिमा एटम १९२ इयरबड ३० जना, र अल्टिमा नोभा प्रो स्मार्टवाच ३० जना ड्राइभर पार्टनर्सले जित्न सफल भएका छन्।












प्रतिक्रिया