काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहको छ ।
अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला र बाँयातर्फ अण्डकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको बैंकले जनाएको छ । सुरक्षाका लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ ।
नोटमा आकार र रङ धने सबिककै रहेको छ । तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि।सं। २०८१’ लेखिएको छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ ।












प्रतिक्रिया