प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष दिनेश सरियाले औपचारिक रुपमा सपथ ग्रहण गरेका छन्।
नेपाल बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन्।
सपथ ग्रहण कार्यक्रम २०८८ साल मंसिर ११ गते बिहीबार साँझ ४:३० बजे नेपाल बीमा प्राधिकरणका अध्यक्षको कार्यकक्षमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसिल देव सुवेदी, निर्देशक शाम्भ राज लामिछाने, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका मानव संसाधन प्रमुख विष्णु प्रसाद घिमिरे, कम्पनी सचिव राजेन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो।
सपथ ग्रहणपछि सरियाले बीमा क्षेत्रको विकास, नियामकीय मापदण्डको पालना र सुशासनलाई प्राथमिकतामा राख्दै कम्पनीलाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।












प्रतिक्रिया