सानिमा बैंकको इन्टरनेट बैंकिङ्ग सधैंको लागि बन्द


काठमाडौँ । सानिमा बैंकले आफ्नो इन्टरनेट बैंकिङ्ग सेवा सधैंको लागि बन्द गर्ने भएको छ । बैंकले सुचना निकालेर आइतबार देखि लागु हुने गरि इन्टरनेट बैंकिङ्ग बन्द गर्ने जनाएको हो ।

बैंकका अनुसार पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल बैंकिङ्ग, कनेक्ट आइपीएस र अन्य डिजिटल भुक्तानी बढ्दै गएको छ, जसको कारण परम्परागत इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा उल्लेख्य मात्रामा कमि आएको छ । प्रयोगकर्ता घट्दै गएपछि बैंकले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यो निर्णयका कारण सेवाग्राहीमा पर्ने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । आजदेखि सानिमा बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्गको सट्टामा माबाइल बैंकिङ्ग वा अन्य विकल्प प्रयाग गर्नुपर्नेछ ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।