सेयर बजारमा दोहोरो अंकको करेक्सन, उत्पादन बाहेक सबै उपसुचक राताम्मे


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको करेक्सन आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९.५२ अंकमा पुगेको छ ।

आइतबार ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयरहरु ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साताको कारोबारका सबैदिन नेप्से बढेको थियो । साताभरिको कारोबारमा नेप्से ११५.७४ अंकले बढेको थियो । साताको कारोबाको अन्तिम दिन बिहीबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ पुगेको थियो ।

आइतबार उत्पादन तथा प्रशोधन समूह ५८.३६ अंकले बढ्दा अरु सबै उपसुचक राताम्मे भएका छन् ।

समग्र बजार घट्दा पनि सागर डिष्टिलरी, नेफ्रा ग्रिन इनर्जीको डेभेन्चर मूल्य, स्वतिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, १० प्रतिशत एनआईएमबीको डेभेन्चर मूल्य ८.९९ घटेको बजारमा जोशी हाइड्रोपावरको सेयर मूल्य ७.२९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा २३ करोड ५ लाख ५९ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा जाशी हाइड्रोपावर ६ लाख ७३ हजार ८३४ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा बन्दीपुर केबलकार ७ हजार ९५५ पटकको किनबेच सहित अग्रस्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४४ खर्ब ४८ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार  १५ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।