काठमाडौँ । दुई जलविद्युत कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माउन्टेन इनर्जीले मंगलबार बुकक्लोज गर्दैछ भने सुपर मादी हाइड्रोपावरले भोलीदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
सुपर मादी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा सभा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, माउन्टेन इनर्जीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ।










प्रतिक्रिया