काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जीको शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले यस दिन सुपर मादीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने माउन्टेन इनर्जीको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सुपर मादीको शेयरमूल्य ७२२ रुपैयाँ ८६ पैसा र माउन्टेन इनर्जीको ५७७ रुपैयाँ ५० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा सुपर मादीको शेयर प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।










प्रतिक्रिया