गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ, प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको आरोप


काठमाडौं । गुण समूहका अध्यक्ष तथा गुण एयरलायन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

बैंकिङ कसुरको आरोपमा उनलाई बुधबार ललितपुरको जावलाखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।

सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।