सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो


काठमाडौँ । सेयर बजार परिसुचकमा करेक्सन आएको छ । सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६.६७ अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको हो । सोमबार ८३ हजार २७३ पटकको कारोबारमा १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयरहरु ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार समग्र बजार घट्दा पनि जीवन बीमा समूह ६५.४८ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ४९.२२ अंकले बढेको बजारमा व्यापार समूह १५.६४ अंकले, निर्जीवन बीमा समूह ६.३७ अंकले र जलविद्युत समूह ४.२७ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढ्दा इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ ।

यता, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ५.१६ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ३.७३ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य ३.६८ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य ३.२६ प्रतिशतले घट्दा आशा लघुवित्तको सेयर मूल्य ३.२५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङ्यादी ग्रुप पावर ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ङ्यादी ग्रुप पावर १३ लाख ४८ हजार ८६१ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा सागर डिष्टिलरी १३ हजार ४११ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ७६ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४३ खर्ब ८१ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।