तारागाउँ रिजेन्सीले कति दिने भयो लाभांश ?


काठमाडौँ। तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।