फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा


काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।