यामाहा नेपालद्वारा बुटवलमा नयाँ ब्लु स्क्वायरु शोरूमको उद्घाटन


बुटवल । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रालि ले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि हिरोशी सेतोगवा सान (निर्देशक, यामाहा मोटर इन्डिया सेल्स प्रालि), विशेष अतिथि विष्णु कुमार अग्रवाल, अतिथि राजदीप सिंह ग्रेवाल सान (जिएम – एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया सेल्स प्रालि), र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक एवम् सिइओ, एमएडब्लु राइड्स प्रालि) सँगै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश गर्दै भन्नुभयो, ूब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् ।  बिक्रि र सेवा मात्र होइन, ब्लु स्क्वायरले  राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली  पनि देखाउन्छ । यसले हाम्रो बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्कउन्छ ।ू

एमएडब्लु राइड्स प्रालि अन्तर्गतको यामाहा नेपाल देशभर नवप्रर्वधन, प्रिमियम अनुभव र भरपर्दो सेवाको विश्वस्तरिय मापदण्डलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ । बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोविलिटी र राइडिङको रोमाञ्चलाई नयाँ तरिकाले परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम बनेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।