टेलिनेट र सेल्सफोर्सले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तिव्र बनाउने


काठमाडौँ । नेपालको प्रविधि र सञ्चार क्षेत्रका अग्रणीमध्ये एक, रमेश कर्प समूह अन्तर्गत पर्ने टेलिनेट प्रालिले विश्वकै अग्रणी सेल्सफोर्स संगको सहकार्यमार्फत नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तिव्र बनाउने भएको छ ।

यस साझेदारीले नेपाली व्यवसाय संचालनको तरिकालाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने छ । अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन् ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।