आइसिएफसिफाइनान्स लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा २९ गते सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकमा “एसएआरएसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।
चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आवको असोज मसान्त सम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।












प्रतिक्रिया