एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरूका लागि लगानीकर्ता चेतना कार्यक्रम सम्पन्न


काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा एनएमबि क्यापिटल लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्यार्थी केन्द्रित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको थियो। सोही दिन काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नुवाकोटमा आयोजित कार्यक्रम कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपी प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रूपमा सञ्चालन गरेका थिए। टङ्गालमा आयोजित कार्यक्रम भने स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले सञ्चालन गरेका थिए।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूलाई पूँजी बजारका आधारभूत अवधारणा, लगानीका अवसर, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी गराइएको थियो। साथै, कार्यक्रमपछि विद्यार्थीहरूबाट सोधिएका जिज्ञासाहरूको व्यावहारिक रूपमा समाधान गरिएको थियो।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।