अनलिमिटेड बेभरेज’ र ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’


रुपन्देही । हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ। खुला आकाशमुनि र ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’ सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको छ।

यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन्। साथमा ‘लाइभ बार्बिक्यु’ (बदेल) को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म उर्जाशील बनाउँने छ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।