टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षेत्री


काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक प्रक्षेत थापा क्षेत्रीलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

कम्पनीको व्यवस्थापन निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको हो । यससँगै, सह–प्रवक्ताका रूपमा थापा क्षेत्रीले नेपाल टेलिकमसँग सम्बन्धित सूचना तथा जानकारी आमसञ्चारकर्मीहरूलाई उपलब्ध गराउने कार्य गर्नेछन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।