गोडरेज एप्लायन्सेसको भव्य उपभोक्ता अभियान सुरु


काठमाडौँ। विश्वविख्यात तथा विश्वसनीय ब्रान्ड गोडरेज एप्लायन्सेसले नेपाली उपभोक्तालाई सचेत र सही खरिद निर्णयतर्फ प्रेरित गर्ने उद्देश्यसहित ‘मेक अ थटफुल च्वाइस, बी द लाउडेस्ट भ्वाइस’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ। गुणस्तरीय प्रविधिसँगै उपभोक्तालाई अविस्मरणीय अनुभवसँग जोड्ने लक्ष्य लिइएको यो अभियानले अन्तर्राष्ट्रिय खेलकुदप्रतिको नेपाली उत्साहलाई समेत प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ।

अभियानको मुख्य आकर्षणका रूपमा सहभागी भाग्यशाली ग्राहकले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको एक महत्वपूर्ण खेल प्रत्यक्ष अवलोकन गर्ने सुनौलो अवसर पाउनेछन्। विजेताले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय खेल हेर्न ५ दिने मुम्बई यात्रा जित्नेछन्। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि जीवनकै अविस्मरणीय अनुभव हुने अपेक्षा गरिएको छ।

अभियान अवधिभर गोडरेज एप्लायन्सेसका विभिन्न उत्पादन खरिद गर्दा आकर्षक निःशुल्क उपहारहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ भने टप लोड तथा सेमी–अटोमेटिक वासिङ मेसिन खरिदमा इलेक्ट्रिक केतली उपहारस्वरूप उपलब्ध हुनेछ। त्यसैगरी, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसनको सुविधा दिइनेछ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले गोडरेज स्पेस वारेन्टी कार्ड नम्बर स्पेस उत्पादनको नाम स्पेस ग्राहकको नाम स्पेस ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने व्यवस्था गरिएको छ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ। नेपालमा गोडरेज एप्लायन्सेसका सम्पूर्ण उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स मार्फत आधिकारिक रूपमा उपलब्ध छन्, जसले गुणस्तरीय सेवा तथा वारेन्टीको पूर्ण सुनिश्चितता प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।