एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।