काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश पारित गर्न कम्पनीले पुस ३० गते, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।












प्रतिक्रिया