विराटनगर । विराट ट्रेड एक्सपोमा अर्थ वाणिज्यसंग सम्बन्धित विविध विषयमा बिहीबार बाट थिमेटिक सेसन संचालन हुंदैछ । एक्सपो स्थलमा विभिन्न विषयमाथि हरेक दिन विज्ञहरुको प्रस्तुति र त्यसमाथि छलफल हुने मोरङ उधोग व्यापार संघले जनाएको छ ।
पहिलो दिन महिला उद्यमशीलता, चुनौती र सम्भावना विषयमा छलफल हुने छ । यसमा प्रमुख वक्ता विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की रहेकी छिन् । दोस्रो सत्रमा मेरो आवाज, मेरो कथा शीर्षकमा छलफल हुनेछ । तेस्रो सत्र महिला उद्यमशीलतास् वर्तमानको आवश्यकतामा केन्द्रीत हुने छ ।
एक्सपोका संयोजक अनिल शारडाका अनुसार हरेक दिन फरक विषयमा छलफल हुने संघले जनाएको छ । यसमा आइटी, डिजिटल मार्केटिङ, वर्तमान कर प्रणालीमा व्यापारको वातावरण, पर्यटन उधम र अवसर, साना तथा मझौला उधम, नवप्रवर्तन उधम, टिभीटी स्नातकहरूलाई रोजगारीमा जोडी रोजगारी सिर्जना, नवप्रवर्तन, लगानी र समावेशी वृद्धि मार्फत व्यवसाय निर्माण जस्ता विषय छन् ।












प्रतिक्रिया