नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा


काठमाडौँ। नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ । त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।