विराटनगर र काठमाडौंमा जीवन–उपयोगी सत्संग


काठमाडौँ। परम् श्रद्धेय ब्रह्मलीन संत स्वामी श्री रामसुखदासजी महाराज द्वारा रचित श्रीमद्भगवद्गीता “साधक–सञ्जीवनी” टीकामा आधारित जीवन–उपयोगी सत्संग कार्यक्रम नेपालमा सुरु हुने भएको छ। सन्त शिरोमणी ब्रह्मलीन स्वामी रामसुखदासजी महाराजका निकट एवं अन्तिम समयसम्म सँगै रहेका सन्त हरिकृष्ण दासजी महाराजको विशेष उपस्थितिमा मिति २६ डिसेम्बर २०२५ देखि ३ जनवरी २०२६ सम्म विराटनगरमा सत्संग समारोह आयोजना हुदैछ।

सोही अवसरमा गीता प्रेस नेपाल ( गीताप्रेश पुस्तक प्रचार प्रसार केन्द्र नेपाल) को संयोजनमा काठमाडौंमा पुस ११ र १२ गते (२६–२७ डिसेम्बर) २ दिने विशिष्ट सत्संग एवं प्रार्थना कार्यक्रम हुने भएको छ। नक्सालस्थित माहेश्वरी भवनमा आयोजना हुने उक्त कार्यक्रममार्फत श्रीमद्भगवद्गीतामा आधारित भजन, संकीर्तन, गीता पाठ तथा सत्संगमार्फत आत्म–उन्नति र आध्यात्मिक बोधमा योगदान पुग्ने विश्वास लिइएको छ।

पहिलो दिन ५ बजे नित्यस्तुति एवं प्रार्थना, दिउँसो २ः३० बजे भजन–संकीर्तन एवं गीता पाठ तथा ३ देखि ५ बजेसम्म सत्संगको कार्यक्रम हुनेछ। दोस्रो दिन विहान ५ बजे नित्यस्तुति, ११ बजे भजन–संकीर्तन एवं गीता पाठ तथा ११ः३० देखि १ः३० सम्म सत्संग सञ्चालन गरिनेछ।

यसै क्रममा कागेश्वरी मनोहरास्थित पाणिनि स्कुलमा पुस ११ गते विहान ९ बजे विद्यार्थी र शिक्षकसामु विशेष सत्संग एवं गीता पाठ कार्यक्रम हुनेछ। सो अवसरमा उपस्थित विद्यार्थी तथा शिक्षकहरूलाई निःशुल्क सरल गीता वितरण गरिने आयोजकले जानकारी गराएको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।