नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट


काठमाडौँ। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालिभरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।

सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा.केशवराज भुर्तेलले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।