ललितपुर । श्री गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा तथा रजत वर्ष जयन्ती शनिबार ललितपुरको शंखमूलस्थित यल दरबार भेन्यूमा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रत्नलाल महर्जनको सभापतित्व तथा संस्थाकी जेष्ठ सदस्य नानीमाया महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा कुल सेयर सदस्यहरूमध्ये ८२ प्रतिशत (१,६५० जना) को उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफल पश्चात साधारण सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ।
रजत जयन्तीको विशेष अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व.केदारलाल प्रधानलाई मरणोपरान्त ‘श्रीगणेश विशेष सम्मान’ प्रदान गरिएको छ। संस्थाको २५ वर्षे यात्राको आधारशिला खडा गर्न महत्वपूर्ण योगदान पुर्याएका स्व.प्रधानको सम्मान निवर्तमान तथा वर्तमान अध्यक्ष रत्नलाल महर्जनद्वारा उनका सुपुत्र सुधिरलाल प्रधानलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।
सोही अवसरमा प्रमुख अतिथि नानीमाया महर्जनद्वारा ‘श्रीगणेश रजत जयन्ती स्मारिका २०८२’ को विमोचन गरिएको छ। सचिव अनिलमान महर्जनले संस्थाको विस्तृत सदस्य तथ्यांक प्रतिवेदन अध्यक्षलाई हस्तान्तरण गरेका थिए।
रजत वर्षको अवसर पारेर संस्थाले समाज र संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा समूहलाई सम्मान समेत गरेको छ। यस अन्तर्गत १६ जना संस्थापक सदस्यलाई ‘संस्थापक सम्मान’ प्रदान गरिएको छ। साथै, संस्थाबाट श्रीगणेश जेष्ठ सदस्य सम्मान गरिँदै आएको छ । वर्षेनी संस्थाका जंकु (भिमर थारोहण) गरि सक्नु भएका वा ७८ वर्ष पुगेका जेष्ठ सदस्यहरूलाई जनही ३ हजार नगद सहित सम्मान गरिँदै आएको छ । गत २५औ साधारण सभामा २२ जना जेष्ठ सदस्यहरू सम्मानित गरिएको छ ।












प्रतिक्रिया