चितवन । नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ गर्ने भएको हो ।
कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ हुन लागेको एक्स्पो आगामी माघ २ देखि ४ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुनेछ ।
आयोजना प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
उक्त प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ ।
अन्तराष्ट्रिय प्रदर्शनिको लागि सीमित स्टलहरु बाँकी रहेको छ साथै स्टल बुकिङ्ग तिब्र गतिमा भइरहेको छ । साथै, निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजार, देखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने कम्पनीले जनाएको छ । ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउने आयोजक कम्पनीको विश्वास छ ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया