काठमाडौँ । मंसीर २९ गते देखि एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो । यहि फेब्रुअरी ७ देखि इंडिया र श्रीलंका मा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरि एल जी नेपाल ले घोसणा गरेको क्याम्पेनको को पहिलो चरण को बिजेताहरु घोसणा गरेको छ । नेपाल अधिराज्य भरि लागु भएको यस बिशेष योजना मा एल जी नेपालले अधिराज्य भरि बाट पहिलो चरण को ४ जना भाग्यसाली बिजेताहरु छनोट गरेको छ ।
पहिलो चरणको बिजेताहरु मा काठमाडौँ, इमाडोल निवासी उसन प्रधंगना उनले सि जी डिजिटल इमाडोल बाट वाशिंग मेसिन खरिद गरेका थिए । त्यसैगरि बुटवल निवासी शिव आचार्यले भाटभटेनी बुटवल बाट टिभी खरिद गरेका थिए । नैकाप निवासी प्रवाश ढुंगानाले कलंकी टिभी हाउस बाट टिभी खरिद गरेका थिए र पोखरा निवासी बिनोद सापकोटाले न्यु साउण्ड एंड भिजन पोखरा बाट वाशिंग मेसिन खरिद गरेका थिए ।
यस योजना अन्तर्गत एल जी को कुनै पनि समान खरिद गर्दा ग्राहकहरुले वान्खेड़े स्टडीयम मुम्बई मा नेपाल को कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने छन् । नेपालको पहिलो चरण को सबै खेल मुम्बई मा हुन गैरहेको छ ।
तसर्थ एल जी ले ४ रात ५ दिनको मुम्बई यात्रा लगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेट प्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै बेहोर्ने जानकारी गराउँदै, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ।












प्रतिक्रिया