साफाको उपाध्यक्षमा सिए प्रविणकुमार झा मनोनीत


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट शुरु भइसकेको छ ।

आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरु सिए कोमलबहादुर चित्रकार र सिए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा अध्यक्षको रुपमा साफाको नेतृत्व गरेका थिए । साफामा उनीहरुको नेतृत्वले आइक्यानका लागि महत्वपूर्ण कोसेढुंगाको काम गरेको छ ।

आइक्यानले नयाँ जिम्मेवारीका लागि सिए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उनको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।