नेशनल लाईफले गर्यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान


काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले काठमाण्डौ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६ सय जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक असर पुर्याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए। उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसंग जोडिएको न भै सेवाभाव संग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको बताए।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।