नेपाल लाइफले पारित गर्यो बोनस र नगद लाभांश, लगानीकर्ताले कहिले पाउँछन् ?


नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको आम्दानीबाट वितरण गर्ने बोनस तथा नगद वितरणको प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । सोमबार बीरगञ्जमा सम्पनन कम्पनीको २६ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको २१.०५ प्रतिशतले हुने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जसमा १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

अब केही दिनमा नेपाललाइफका सेयरधनीो बैंक खातामा कम्पनीले नगद लाभांश जम्मा गर्नेछ भने आवश्यक प्रकृया पुरा गरी बोनस सेयर सूचीकरण गराई सेयरधनीको हितग्राही खातामा जम्मा गर्नेछ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । साधारण सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक समेत निर्धारण गरेको छ ।

साधारणसभाले संस्थापक समूह अन्र्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि आजै बसेको संचालक समितिको ४०७ औं बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको छ ।

कम्पनीा अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरु बीच अझै थप उचाइमा पु¥याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले विषम परिस्थितिका बीच पनि अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको बताएका थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८१/८२ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु सार्वजनि गरो थिए ।

२०८२ असोज मसान्त सम्ममा कम्पनीको लगानी २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ४५ अर्ब रुपैयाँ र सेयरधनी कोष १३ अर्ब बढीको रहेको छ । कम्पनीले १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीले हालसम्म ३ खर्ब २६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने १ खर्ब ३ अर्ब रुपैयाँको दावी भुक्तानी गरेको छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।