गोडरेजले गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक


काठमाडौँ । गोडरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने ट्वान्टी–ट्वान्टी विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता योजनाका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गोडरेज नेपालले गत मंसिर २९ गतेदेखि देशभर लागू गरेको यस विशेष क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौँको टोखा निवासी लुना ज्ञवाली हुन्। उनले खडादेवी इलेक्ट्रोनिक्स—गोडरेजको आधिकारिक बिक्रेता—बाट गोडरेजको वाशिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन्।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोडरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

गोडरेज नेपालले यस योजनामार्फत आफ्ना उपभोक्तालाई केवल उत्पादन मात्र नभई स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार नेपालका पहिलो चरणका खेलहरू मुम्बईमै आयोजना हुने भएकाले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष रहनेछ।

क्याम्पेनमा सहभागी हुन गोडरेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी सन्देश पठाउनुपर्ने व्यवस्था गरिएको छ। सन्देश पठाउने तरिका टाइप गर्नुहोस् गोडरेज स्पेसे वारेन्टी कार्ड नम्बर  स्पेसे उत्पादनको नाम स्पेसे ग्राहकको नाम ृस्पेसे ठेगाना सन्देश पठाउने नम्बर ३१००३ हो ।

सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि सन्देशमार्फत सहभागी भई विजेता बन्ने अवसर बाँकी रहेको गोडरेज नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट गोडरेजका उत्पादन खरिद गरी योजनामा सहभागी हुन आग्रह गरेको छ।

गोडरेज नेपालले उपभोक्तालाई सकेसम्म छिटो गोडरेजका उत्पादन खरिद गरी सन्देशमार्फत सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी ट्वान्टी–ट्वान्टी विश्वकप अन्तर्गत पाँच दिन चार रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

गोडरेज नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै क्रिकेटप्रेमी नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।