काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचकमा सामान्य अंकले सुधार आएको छ । बिहीबार नेप्से ४.५९ अंकले बढेर २६४०.५४ अंकमा पुगेको छ । बिहीबार ६९ हजार २६१ पटकको कारोबारमा १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयरहरु ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छन् ।
बुधबार नेप्से १३.३५ अंकले घटेर २६३५.९४ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार उत्पादन तथा प्रशोधन समूह ४३.५२ अंकले बढेको बजारमा जीवन बीमा समूह ४२.७७ अंकले निर्जीवन बीमा समूह २९.३० अंकले, होटल तथा पर्यटन समूह २८.६२ अंकले विकास बैंक समूह १०.१२ अंकले र जलविद्युत समूह १०.७ अंकले बढेको छ ।
यता, वित्त समूह १०.६१ अंकले, व्यापार समूह ८.३७ अंकले र लघुवित्त समूह १.८४ अंकले घटेको छ ।
सान्भी इनर्जीको सेयर मूल्य ८.१६ प्रतिशतले बढ्दा एसवाई प्यानल नेपालको सेयर मूल्य ५.७१ प्रतिशत, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.६३ प्रतिशत, श्रीनगर अग्रिटेकको सेयर मूल्य ४.४२ प्रतिशतले र विकास हाइड्रोपावरको सेयर मूल्य ३.९० प्रतिशतले बढेको छ ।
यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ३.९० प्रतिशतले घट्दा सिटिजन्स म्याचुअल फण्ड २ को एकाई मूल्य ३.०५ प्रतिशत, इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य २.७१ प्रतिशत र गणपति लघुवित्तको सेयर मूल्य २.५३ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा एसवाई प्यानल २० करोड ६ लाख ३२ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा शिवश्री हाइड्रोपावर ५ लाख ५९ हजार १३ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा एसवाई प्यानल ८ हजार ३०५ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ३३ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ८१ करोड ९४ लाख रुपैया कायम भएको थियो ।












प्रतिक्रिया