काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभल अप विथ सिजी’ उपहार योजना अन्तर्गत पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस योजनामा सहभागी हजारौँ ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत पहिलो चरणका लागि २ जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस चरणमा काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बन्न सफल भएका हुन्। केदार भुजेलले सिजी डिजिटल बनेपाबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए भने चन्द्र श्रेष्ठले न्यु ए वन सप्लायर्स बिर्तामोडबाट सिजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गरेका थिए।
कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ, खानपिन तथा मुम्बई सिटी टुर समावेश छन्। साथै, विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको एक खेलको टिकट पनि प्राप्त गर्नेछन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी दिएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका एक्काइस वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट सिजी डिजिटल डट कम डट एनपी तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रबाट सामान खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। एसएमएस पठाउने तरिका अनुसार सीजी स्पेस वारेन्टी कार्ड नम्बर स्पेस प्रोडक्ट नेम स्पेस कस्टमर नेम स्पेस एड्रेस टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ।
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।












प्रतिक्रिया