काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना साना घरायसी उपकरण (एसडीए) तर्फ सञ्चालनमा ल्याएको ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभलअप विथ सिजी’ उपहार योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत साना घरायसी उपकरण तर्फ पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। पहिलो चरणको डिजिटल गोलाप्रथाबाट पोखराकी मोनिका महर्जन बम्पर उपहार विजेता बन्न सफल भएकी हुन। उनले पोखरास्थित न्यु साउन्ड एण्ड भिजनबाट सिजी ब्रान्डको ओभन खरिद गरी यस योजनामा सहभागिता जनाएकी थिइन्।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेकी छन्। यस प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ, खानपिन तथा मुम्बई सिटी टुर समावेश गरिएको छ। साथै, विजेताले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको एक खेलको टिकट समेत प्राप्त गर्नेछन्।
कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका एक्काइस वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सिजीका साना घरायसी उपकरण खरिद गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ। एसडीएका लागि एसएमएस पठाउँदा ‘सीजीएसडीए’ लेखी त्यसपछि स्पेस दिएर सिरियल नम्बर, प्रोडक्ट नेम, ग्राहकको नाम र ठेगाना उल्लेख गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ।
४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता आकर्षक उपहार योजनाहरू ल्याइरहने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया