सानिमा बैंक ‘नेपाल पे’कार्ड नेटवर्कमा आबद्ध

नेपाल क्लियरिङ हाउससँग सम्झौता


काठमाडौँ । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल कार्ड स्विच अन्तर्गत ‘नेपाल पे’ कार्ड नेटवर्कका लागि द्विपक्षीय सम्झौता भएको छ।

यो सम्झौतासँगै सानिमा बैंक नेशनल पेमेन्ट स्विच अन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ कार्डको प्रमुख सदस्य बनेको हो ।

सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार यो सम्झौताले नेपालभित्र हुने कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टलाई थप सहज बनाउनेछ। साथै, यसले देशको आफ्नै केन्द्रिय भुक्तानी पूर्वाधारको रूपमा अन्तरसञ्जालन सुनिश्चित गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  १६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।